नेपाली चेली अस्ट्रेलियाको चुनावमा

क्यान्बेरा – हालै खोलिएको इन्डिपेन्डेन्स फोर क्यान्बेरा नामक नयाँ राजनीति दलका तर्फ बाट नेपाली चेली स्नेहा के . सी. चुनाव लड्ने भएकी छन् । के. सी. लाई त्यहाँ हुने आगामी निर्वाचनमा प्रदेश सभा पदका लागि इन्डिपेन्डेन्स फोर क्यान्बेरा पार्टीले उमेद्वार बनाउने भएको हो ।
नेपालको बॅाकें जिल्ला की के. सी . बिगत एक दशक भन्दा लामो समय देखि अष्ट्रेलियाको राजधानीमा बसोबास् गर्दै आईरहेकी छन्। सानै देखी वृद्ध बृद्धाहरु र मानाब सेवा मा समर्पित स्नेहा जेरियाट्रीक नर्सिङमा पनि उनको त्यत्तिकै रुची छ।


एक सभामा सहभागी प्रतिसपर्धीहरु बीच ७ मिनेटको भाषण/ पिचिंग गर्न लगाइएको थियो , स्नेहाको बक्तित्वकलाका कारण
अन्य प्रतिस्पर्धीको भन्दा उत्कृष्ट भाषण दिएपछि सबै प्रभावित भएका थिए।अंग्रेजि भाषामा सबैलाई प्रभावित गर्ने गरी उत्कृष्ट अभिव्यक्ति दिदै सबैको ध्यान आफू तर्फ खिचेकी थिइन् ।
प्रतिस्पर्धी अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा प्रभावसाली र समसामयिक अभिव्यक्ति, भोटिङ चेक, पाँच सदस्यीय प्यानलमा द्वारा लिईएको अन्तरवार्ता र सर्वसाधारण संगको अन्तरकृयाको मुल्यांकनको आधारमा उनलाई चुनिएको थियो र स्थानिय जनताबाटै चुनाबको लागि उमेद्वारका रुपमा चयन गरिएको हो।
नेपालको नेपालगन्जमा जन्मिएकी स्नेहा सन् २०११ देखि अष्ट्रेलिया बसोबास् गर्दै आईरहेकी छन् । उनि पेशाले नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् ।नेपाल रहदा अभिनय, मोड्लिंग र
हिमालय टेलिभिजनमा समेत आबद्ध भैई काम गरिसकेकी छन् ।स्नेहाले अष्ट्रेलिया रहदा विभिन्न संग संगठनमा आबद्ध रही नेतृत्वदायी भुमिका निर्वाह गरीसकेकी छन् । नेतृत्व गर्न अब्बल क्षमता भएकी स्नेहा सामाज सेवामा रुची राखेरै राजनीतिका मध्यमबाट समाज सेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा अनुरुप चुनावमा लड्ने निर्णयमा पुगेको बताउछिन् ।


अव्युक्त न्यूज संगको कुराकानीमा स्नेहाले “राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागी गर्नुपर्छ, राजनीति कुनै पेशा होईन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होईन, जीवन भर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने मेरो मान्यता हो “ बताईन् ।
स्वास्थ्य अवस्था सुधारका लागि आफु निर्वाचनमा उमेद्वारी दिने निर्णय गरेको उनि बताउछिन् ।
अष्ट्रेलियामा ८ वटा प्रान्तहरु छन्।अष्ट्रेलियन् क्यपिटल टेरिटोरीमा २५ जना सदस्यहरु (Member of Legislative Assembly) ले सरकार बनाउने गरेको छ । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्यान्बेरा, लिबरल, ग्रीन्स जस्त अन्य पार्टीहरु पनि छन् ।
स्नेहा अष्ट्रेलियाको अष्ट्रलियन क्यापिटल टेरिटोरीमा चुनाब लड्ने पहिलो महिला हुन्।