शुक्लाफाँटा आरक्षको एक हजार बिघा जमिनमा भारतको अतिक्रमण, तुरुन्त जाँच होस् : झलनाथ

पुष ११, २०८१ काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका छन् ।खनालले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।खनालले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।