भैँसेपाटी हनी ट्र्याप : इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा

भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् ।

आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।आज भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।