सुनको भाउ ११ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,४९,६०० रुपैयाँ पुगेको छ। शुक्रबार भने यसको मूल्य १,४८,५०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला १,७६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर १,७९० रुपैयाँ पुगेको छ।