समीक्षा अधिकारीले चरित्रहत्या गर्नेलाई कारबाहीको माग गर्दै दिइन् प्रहरीमा उजुरी

काठमाडौं । गायिका समीक्षा अधिकारीले एआईमार्फत तयार गरिएको फेक भिडियोको कारण आफ्नो चरित्रहत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । शनिबार उनले साइबर ब्युरोमा निवेदन दिंदै आफूलाई लक्षित गरी फेसबुक रिलमार्फत एक आपत्तिजनक भिडियो सार्वजनिक गरिएको जनाएकी हुन् ।

समीक्षाले उक्त भिडियोको कारण आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा नकारात्मक असर परेको र यसले समाज तथा राष्ट्रलाई पनि गम्भीर असर पुर्याउन सक्छ भन्ने चिन्ता व्यक्त गरेकी छन् । उनले साइबर ब्युरोमा कारबाहीको माग गर्दै भनिन्, “कुनै व्यक्तिको सस्तो लोकप्रियता कमाउने उद्देश्यले त्यसको जीवनमा असर पर्नेगरी यस्तो गैरकानूनी कार्य नगर्न अनुरोध गर्दछु ।”

समीक्षाले यस प्रकारको अपराधमा संलग्न व्यक्तिलाई कम्प्युटर र एआईको दुरुपयोग गरी कानूनी कारबाही गर्न आग्रह गर्दै सूचना पाएको बताइन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आफ्नो पीडा बारे जानकारी दिँदै साइबर ब्युरोलाई तत्काल दोषीको खोजी गरी कारबाही गर्न अनुरोध गरेको छ ।