एजेन्सी । दूधलाई पूर्ण आहार मानिन्छ । त्यसैले चिकित्सकहरुले सबैलाई दूध पिउन सल्लाह दिने गर्छन् । अधिकांश मानिसहरूलाई गाईको दूध पिउन भनिन्छ । किनभने गाईको दूधमा क्यान्सरको जोखिम कम गर्ने क्षमता हुन्छ । यसमा भिटामिन ‘डी’ उच्च मात्रामा पाइन्छ ।
यति मात्र होइन, यसमा पाइने भिटामिन ‘ए’ले आँखाको ज्योति बढाउन मद्दत गर्छ । यदि तपाईलाई रतन्धो, आँखाको सेतो भागमा धब्बा हुने जस्ता समस्या छन् भने गाईको दूध निकै फाइदाजनक मानिन्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि गाईको दूध किन सेतो हुँदैन ? यसमा किन पहेंलोपन छ ?
भैंसी र बाख्रा मात्र होइन, बच्चा जन्माउने अधिकांश प्राणीको दूध सेतो हुन्छ । तर, गाईको दूध अलिकति पहेँलो हुन्छ । फन्टेराका वैज्ञानिकहरूले यसको कारण बताएका छन् । दूधमा क्याल्सियमसँगै प्रोटिन पनि पाइन्छ । ‘केसिन’ नामक प्रोटिनका कारण अधिकांश दूध सेतो हुन्छ । तर, गाईको दूधमा क्यारोटिन नामक प्रोटिन हुन्छ । जसका कारण गाईको दूधमा पहेँलोपन हुन्छ ।
आहारको पनि भूमिका महत्त्वपूर्ण
दूधको पहेँलोपन गाईलाई दिइने आहारमा पनि भरपर्छ । किनभने विरुवामा भिटामिन ‘ए’ हुँदैन । यसको कारण प्रो भिटामिन हो, जसलाई क्यारोटीनोइड भनिन्छ । जनावरहरूले निल्ने बित्तिकै तिनीहरू भिटामिन ‘ए’मा परिणत हुन्छन् ।
फलफूल र तरकारीमा क्यारोटिनोइड भएका कारण सुन्तला र पहेँलो रंग आउँछ । हरियो सागपातमा पनि क्यारोटिनोइड हुन्छ । यद्यपि, क्लोरोफिलको हरियो रंगले तिनीहरूलाई ढाक्छ । त्यसैले तिनीहरू हरियो देखिन्छन् । नत्र तिनीहरूको रङ पनि पहेँलो हुने थियो ।
अर्कोतर्फ, सेतो दूधमा पाइने ‘केसिन’ प्रोटिनले क्याल्सियम र फस्फेटसँग मिलाएर साना कणहरू बनाउँछ, जसलाई माइकल भनिन्छ । यस बाहेक दूधमा बोसोको मात्रा बढी हुने भएकाले पनि सेतो हुन्छ । जब प्रकाश माइकलमा पर्छ, यो अपवर्तित हुन्छ र दूध सेतो देखिन्छ ।