राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेटसम्बन्धी समस्या उपचारका लागि आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङले राष्ट्रपति पौडेलको उपचार प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।