क्यानबेरामा Nepalese Cricket Festival को Press Release र   Community Consultation सम्पन्न 

क्यानबेराको फिलिपस्थित 24 केयरको  सभाहलमा Nepalese Cricket Festival को Press Release तथा community consultation  कार्यक्रम सम्पन्न  भएको छ ।  कार्यक्रमको मुख्य उद्देश्य नेपाली समुदायलाई क्रिकेटजस्ता खेलहरूद्वारा एकताबद्ध गर्नु र सामाजिक सहकार्य प्रवर्द्धन गर्नु रहेको  आयोजक Nepalese Cricket Association ले जनाएको छ  ।

कार्यक्रममा Nepalese Cricket Association Canberra का अध्यक्ष अजय लामा, Nepalese Cricket Festival का chairman  सन्देश कँडेल, र advisor आदर्शजङ्ग पाण्डेले कार्यक्रम गर्नु को मुख्य उदेश्य स्पष्ट पार्नु भएको थियो । साथै, क्यानबेरामा रहेका विभिन्न संघ-संस्थाका प्रतिनिधि र स्थानीय समुदायका लिडरहरुले कार्यक्रममा आफु लाइ लागेको जिज्ञासाहरु राख्नु भएको थियो ।

फेस्टिबल का  विशेषताहरु

Nepalese Cricket Festival डिसेम्बर ३ देखि ६ सम्म क्यानबेराको lyneham oval आयोजना हुने तय गरिएको छ। प्रतियोगितामा विभिन्न राज्यका छ वटा  नेप्लिज क्लबहरु  ले सहभागिता जनाउनेछन्। सहभागी टोलीहरू मा  Avani Cricket Club (NSW), Southern Knights Cricket Club (SA), Everest Cricket Club Toowoomba (QLD), VxL All Stars (SA), Brothers United Cricket Club र Canberra Nepalese Cricket Club रहेका छन्।

प्रतियोगितामा प्रत्येक टोलीले पाँचवटा लिग चरणका खेल खेल्नेछन्। लिग तालिकामा शीर्ष स्थान प्राप्त गर्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीहरूबीच सेमिफाइनल हुनेछ।

पुरस्कार र सम्मान

NCF को  कुल पुरस्कार राशी $26,000 रहेको छ, जुन Nepalese Cricket Community मा अहिलेसम्मकै सर्वाधिक धनराशी हो ।

• पहिलो स्थानलाई $15,000

• दोस्रो स्थानलाई $5,000

• तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीहरूलाई २०२५ को ncf मा  निःशुल्क प्रवेश।

यसका साथै व्यक्तिगत विधामा पनि विशेष पुरस्कारहरूको व्यवस्था गरिएको छ:

• म्यान अफ द म्याच प्रत्येक खेलका लागि: $100

• म्यान अफ द सिरिज: $300

• उत्कृष्ट ब्याट्सम्यान र बलर लगायत : $250-250

• येमर्जिंग  प्लेयर  र बेस्ट विकेटकिपर: $150 each

साथमा food stall  ,beer stall ,kids jumping castle,DJ ,clothing Stall पनि रहने बताईएको छ  |  

 कार्यक्रममा कम्युनिटी लिडर्सहरुले फेस्टिवल  प्रति उत्साह प्रकट गर्दै यसलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।साथै NCF ले  क्यानबेरामा क्रिकेट खेललाइ महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ |