बेलायती राजाको विरोध गर्ने अष्ट्रेलियाली सांसद परिन् सेन्सरमा

क्यानबेर्रा। अष्ट्रेलियाका सांसदहरूले बेलायती राजा चार्ल्सको अष्ट्रेलिया भ्रमणको दौरान संसदमा उनीलाई विरोध गर्ने आदिवासी सांसद लिडिया थोर्पलाई सेन्सर लगाएका छन् ।।

गत सोमबार, सांसदहरूले थोर्पको विरोधको बारेमा असन्तुष्टि जनाउँदै उनलाई सेन्सर गर्ने पक्षमा मतदान गरेका थिए। राजा चार्ल्सले संसदमा सम्बोधन गरे लगत्तै थोर्पले तिमी मेरो राजा होइनौं भन्दै चिच्याएकी थिइन् । 

सदनले ४६-१२ को मतले सेन्सरको प्रस्ताव पारित गरेको हो। थोर्पको कार्यलाई “अपमानजनक र विघटनकारी” भन्ने टिप्पणी गरिएको छ, र उनी प्रतिनिधि मण्डलको सदस्यको रूपमा संसदमा उपस्थित हुने योग्य छैनन् भन्ने कुरा पनि उठाइएको छ।