नेपाली हास्यब्यङ्य क्षेत्रका धरोहर वरिष्ठ कलाकार द्वेव मदन कृष्ण र हरिवंश आचार्य करिब १ दशक पछी अस्ट्रेलियाका विभिन्न राज्यहरुमा महजात्रा कार्यक्रम लिएर दर्शक श्रोतामा आउने भएका छन। अस्ट्रेलिया तथा न्युजिल्यान्डका विभिन्न राज्यहरुमा आयोजाना गरिने महजात्रा अस्ट्रेलिया न्युजिल्यान्ड टुर २०२४ मदन कृष्ण र हरिवंशका साथमा अन्य कलाकारहरु किरण केसि (राता मकै),नरेन्द्र कंसकार,गायिका कुन्ति मोक्तान, शिला बहादुर मोक्तान पनि उपस्थित हुनेछन् ।
अब्युक्त न्युज सङ कुराकानी गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्य अष्ट्रेलिया र न्यूजिल्यान्डमा हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु यस कार्यक्रमा उपस्थित भइ मनोरंजन लिन हुन सम्पुर्णमा अनुरोध गर्नु भयेको छ।

महजात्रा टुरको सुरुवात् २५ मे तारिख पर्थ मा रहेको अक्टागनम बाट सुरुवात हुनेछ भने महजात्रा को अन्त्य २२ जुन कृस्टिनार्डमा समापन हुनेछ।
त्यसैगरी JAbrothers को प्रस्तुतिमा अस्ट्रेलियाको राजधानी क्यान्बेरामा २९ मे मा बेलुकी ६ बजे देखि १० बजे क्यन्बेराको albarthall मा महजात्रा कार्यक्रम हुने छ।
अष्ट्रेलिया भ्रमण र कार्यक्रम बारेको विस्तृत विवरण भने mahajatra.com.au मार्फत सार्वजनिक गरिएको छ ।
महजात्रा कार्यक्रमको तालिका :
25 May
PERTH
Venue: Octagon Theatre
Organiser: INLS Perth WA
29 May
CANBERRA
Venue: Albert Hall
Organiser: J A Brothers
02 June
SYDNEY
Venue: State Theatre
Organiser: Dream Heights
07 June
ADELAIDE
Venue: Capri Theatre
Organiser: SK-Events
15 June
AUCKLAND
Venue: Victory Convention Centre
Organiser: H.O.M.E
22 June
CHRISTCHURCH
Venue: TBA
Organiser: Nepal New Zealand Friendship Society of Canterbury & Nepal United FC New Zealand






