पूर्ण बहादुरको सारङ्गी’ क्यानबेरामा पनि प्रदर्शनमा आउदै

नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले तिहारको अवसरमा लक्ष्मीपूजाको दिन, अर्थात् कात्तिक १५ गतेबाट आफ्नो सार्वजनिक प्रदर्शन आरम्भ गरेको छ। यो फिल्मले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै ६ दिनमै ७ करोडभन्दा बढीको व्यवसाय गरेर नयाँ कीर्तिमानतर्फ अघि बढिरहेको छ। फिल्मको कथा एक बाबुको संघर्षको कथा हो, जसले आफ्नो छोरालाई शिक्षित बनाउन जीवनका विभिन्न कठिनाइहरू पार गर्छन्। मुख्य पात्र पूर्ण बहादुर गन्धर्वले आर्थिक कठिनाइको बाबजुद आफ्नो छोरालाई गाउँगाउँ लैजाँदै सारङ्गी बजाउन सिकाउँछन्। उनको संघर्ष र इच्छाले फिल्मलाई थप गहिराइ दिएको छ। सरोज पौडेलले लेखेको कथा र महेश दवाडीले लेखेको पटकथाले दर्शकको मन छोएको छ।

यो फिल्म नेपालमा मात्र नभई अष्ट्रेलियाको क्यानबेरामा पनि प्रदर्शनमा आउने भएको छ। क्यानबेरामा ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन गर्ने जिम्मेवारी ‘हामी दाजुभाइ’ समूहले लिएको छ भने ‘गोल्डेन मोमेन्ट इभेन्ट सेन्टर’ले प्रदर्शनमा मुख्य सहयोग पुर्याएको छ र power by को रुपमा Starlink Mortgage & Finance रहेको छ, त्यसैगरि इभेन्ट एफिलियेट को रुपमा avyukta media रहेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको निर्देशक सरोज पौडेल हुन् । फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।

‘पूर्ण बहादुरको सारङ्गी’को कथा क्यानबेरामा रहेका नेपाली दर्शकको लागि विशेष रूपमा प्रेरणादायी हुने विश्वास गरिएको छ, किनकि यो एक बाबुको संघर्ष, त्याग, र सन्तानप्रतिको माया सम्बोधन गर्छ। नेपाली समाजको पारिवारिक संघर्ष र आफ्नो सपना पूरा गर्ने कसरतलाई बिर्सन नचाहने क्यानबेराका नेपालीहरूको लागि यो फिल्म विशेष सन्देश र भावना बोक्नेछ। यस फ्लिम् ले नेपाली समाजका चुनौतीपूर्ण जीवनशैली, संघर्ष र परिवारप्रतिको समर्पणलाई उजागर गरेको छ। यस्ता कथाले नेपाली दर्शक मात्र नभई विदेशी भूमिमा रहेका नेपालीहरूको मनमा पनि गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ।

क्यानबेरामा ‘पूर्ण बहादुरको सारङ्गी’प्रदर्शनको मिति :

  • मिति: शुक्रबार, नोभेम्बर ८, २०२४
  • समय: साँझ ६:३० बजे
  • स्थान: limelight cinema tuggeranong, क्यानबेरा