आजकाल, धेरै मानिसहरूले कामका लागि विन्डोज ११ चलाउने गरेका छन्। यो विन्डोजको पछिल्लो संस्करण हो, तर दिनभर स्क्रिनमा हेरेर काम गर्दा आँखाको स्वास्थ्यमा नकारात्मक असर पर्ने कुरा स्पष्ट छ। त्यसैले, यस लेखमा हामी विन्डोज ११ का केही सेटिङहरू प्रस्तुत गर्दैछौं जसले आँखालाई सहजता प्रदान गर्न मद्दत गर्न सक्छ।
१. ब्राइटनेस मिलाउने
आँखाको स्वास्थ्यका लागि ब्राइटनेस मिलाउनु अत्यावश्यक छ। हालका धेरै कम्प्युटर र ल्यापटपमा ब्राइटनेस स्वतः एडजस्ट हुने सुविधा उपलब्ध छ। तर, यदि यो सुविधाले तपाईंलाई पर्याप्त सहजता प्रदान गरेन भने, तपाईंले म्यानुअली पनि ब्राइटनेस मिलाउन सक्नुहुन्छ।
सेटिङमा जानुहोस् र ब्राइटनेसको विकल्पमा क्लिक गर्नुहोस्। वैकल्पिक रूपमा, तपाईं Windows + A किज थिचेर पनि यसलाई सजिलै सेट गर्न सक्नुहुन्छ। वरिपरि कत्तिको उज्यालो छ भन्ने कुरा विचार गर्दै ब्राइटनेस मिलाउनुहोस्। यसले आँखामा तनाव कम गर्न मद्दत पुर्याउँछ।
२. क्रसरको आकार र रङ परिवर्तन गर्ने
माउसको क्रसर सानो वा ठूलो कुनै पनि स्क्रिनमा हराउनु हुँदैन। यद्यपि, माउसको क्रसरको रङ र आकार परिवर्तन गरेर तपाईंले यसलाई सजिलै देख्न सक्नुहुन्छ। यसका लागि:
- कम्प्युटरको सेटिङमा जानुहोस्।
- एक्सेसिबिलिटीमा क्लिक गर्नुहोस्।
- ‘माउस पोइन्टर एन्ड टच’मा जानुहोस् र यहाँ तपाईंले क्रसरको आकार र रङ परिवर्तन गर्न सक्नुहुन्छ।
३. टेक्स्ट र आइकनको आकार बढाउने
यदि स्क्रिनमा देखिने टेक्स्ट र आइकन साना छन् भने, यसले आँखाको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ। त्यसैले, तपाईंले टेक्स्ट र आइकनको आकार बढाउन सक्नुहुन्छ।
- सेटिङमा जानुहोस् र सिस्टममा क्लिक गर्नुहोस्।
- त्यहाँ डिस्प्लेमा जानुहोस् र ‘स्केल’ विकल्पमा क्लिक गरेर टेक्स्ट र आइकनको आकार बढाउनुहोस्।

४. डार्क मोड प्रयोग गर्ने
आँखाको स्वास्थ्यका लागि डार्क मोडको प्रयोग राम्रो मानिन्छ। विन्डोज ११ ले बाइडिफल्ट लाइट मोडमा सञ्चालन हुन्छ। तर, डार्क मोडले आँखामा चाँडै थकान कम गर्न सहयोग पुर्याउँछ।
- सेटिङमा जानुहोस् र पर्सनलाइजेसनमा क्लिक गर्नुहोस्।
- त्यहाँ कलर्सको विकल्पमा जानुहोस् र ‘चुज योर मोड’मा क्लिक गरेर डार्क मोड चयन गर्नुहोस्।
५. नाइट लाइट अन गर्ने
स्क्रिनबाट निस्कने ब्लु लाइटले आँखामा दबाब सिर्जना गर्छ। विन्डोज ११ मा ब्लु लाइटलाई कम गर्ने नाइट लाइटको विकल्प उपलब्ध छ।
- सेटिङमा जानुहोस्, सिस्टममा क्लिक गरेर डिस्प्लेमा जानुहोस्।
- यहाँ नाइट लाइटको टोगल अन गर्नुहोस् र आवश्यकतानुसार स्लाइडर चलाएर यसको प्रभावलाई सेट गर्नुहोस्।
६. कलर फिल्टर प्रयोग गर्ने
यो फिचर विशेष गरी कलर ब्लाइन्ड भएका व्यक्तिहरूका लागि हो। विन्डोज ११ मा उपलब्ध विभिन्न कलर फिल्टरले स्क्रिनमा देखिने रंगलाई स्पष्ट बनाउन मद्दत गर्दछ।
- सेटिङमा जानुहोस् र एक्सेसिबिलिटीमा गई कलर फिल्टरमा जानुहोस्।
- यहाँ आफूलाई अनुकूल हुने कलर फिल्टर चयन गर्नुहोस्।
७. कन्ट्रास्ट थिम प्रयोग गर्ने
कन्ट्रास्ट थिमले युजर इन्टरफेसमा कन्ट्रास्ट बढाउँछ, जसले गर्दा स्क्रिनमा देखिने विवरणहरू सजिलै देख्न सकिन्छ।
- सेटिङमा जानुहोस्, एक्सेसिबिलिटीमा जानुहोस् र कन्ट्रास्ट थिममा क्लिक गर्नुहोस्।
- यहाँ विभिन्न थिमहरूबाट एउटामा चयन गर्नुहोस्।
विन्डोज ११ मा यी सेटिङहरूलाई प्रयोग गरेर तपाईं आफ्नो आँखाको स्वास्थ्यमा सुधार ल्याउन सक्नुहुन्छ। यसले काम गर्दा आँखामा थकान कम गर्न र दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न मद्दत गर्दछ। सजिलो र स्वास्थ्यको ख्याल गर्दै काम गर्नका लागि यी सेटिङहरू अपनाउनुहोस्।