चलचित्र ‘पुजार शार्की’ देश तथा विदेशमा प्रदर्शन हुन लागेको छ। यसै क्रममा, यो चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ।
यही मे २३ र २७ तारिखका दिन Limelight सिनेमा Tuggeranong मा यश चलचित्र प्रदर्शन हुन लागेको हो। सामाजिक विषय वस्तुमा निर्माण भएको चलचित्र ‘पुजार शार्की ‘ लाई क्यानबेरामा ‘पार्टी टाइम नेपाल’ ले ल्याउने भएको हो। समाजमा घटित भइरहेको जातीय विभेदलाई मुख्य केन्द्र बिन्दु बनाएको चलचित्र ‘पुजार शार्की ‘ लाई अष्ट्रेलियाको राजधानी क्यानबेराका दर्शकले धेरै माया गर्नेमा ‘पार्टी टाइम नेपाल’ का सीईओ प्रशान्त प्रसाईं विश्वस्त हुनुहुन्छ। यसै बिच पल शहा को यस चलचित्रमा नयाँ लुक्स पनि सार्वजनिक गरिएको छ।
क्यानबेराको टिकटको लागि भने तल दिइएको पोस्टरको QR कोडलाई स्क्यान गर्नुहोस्।






