अस्ट्रेलियामा सन् २०२३ मा प्रजनन दर १.५ बच्चा प्रति महिला झरेको छ, जुन जनसंख्या स्थिरताका लागि आवश्यक २.१ को प्रतिस्थापन दरभन्दा निकै तल छ।विश्वव्यापी रूपमा पनि, प्रजनन दर सन् १९५० देखि नै तीव्र रूपमा घट्दै आएको छ। “The Lancet” मा प्रकाशित एक अध्ययनले देखाएको छ कि यो प्रवृत्ति अधिकांश देशहरूमा जारी रहेको छ।
तर, कम आय भएका देशहरू, विशेषगरी अफ्रिकामा, भने उच्च प्रजनन दर कायम रहनुका साथै विभिन्न समस्याहरू जस्तै गरिबी र जलवायु परिवर्तनको सामना गरिरहेका छन्।यस परिप्रेक्ष्यमा, विश्वलाई दुई भागमा विभाजित गरिएको छ। जहाँ कम आय भएका देशहरू उच्च प्रजनन दरसँगै गरिबी, जलवायु परिवर्तन, लगायतका समस्याहरू सामना गरिरहेका छन्, त्यहाँ उच्च प्रजनन दर भएका देशहरूमा भने बुढ्यौली जनसंख्या र आर्थिक दबाबका समस्या देखिएका छन्।

प्रजनन दरमा गिरावट आएको उच्च आय भएका देशहरूले आर्थिक वृद्धिका लागि आप्रवासनमा निर्भर रहनुपर्नेछ। तर, यसका लागि आप्रवासनसम्बन्धी सार्वजनिक धारणा र राजनीतिक नीतिहरूमा परिवर्तन आवश्यक रहेको छ।निम्न प्रजनन दरले युवा जनसंख्या घटाउँदै जान्छ र सामाजिक प्रणालीमा थप दबाब उत्पन्न गर्छ भने, उच्च प्रजनन दर भएका देशहरूमा गरिबी, जलवायु जोखिम, र स्रोत अभावको समस्या थप गम्भीर बन्दै जानेछ।