सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिने भएको छ।
जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई राति नै सडकमार्ग हुँदै पोखरा लगिएको थियो। सार्वजनिक बिदाका कारण उनलाई आज मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ।
लामिछानेको पक्राउपछि रास्वपाले पोखरामा सडक प्रदर्शन गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।