नेपालका प्रवीण पाठकले क्लासि मोडल युनिभर्सको उपाधी हाथ पार्न सफल

इन्डोनेसियाको बालिमा हालै स्म्पन्न अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा नेपालका प्रवीण पाठकले क्लासि मोडल युनिभर्सको उपाधी जितेका छन।गत १५ मे देखि शुरू इभेन्टमा २० भन्दा बढी देशका माेडललाइ उछिन्दै पाठक क्लासि मोडल युनिभर्सको उपाधी िजत्न सफल भएका हुन । पाठक सर्वाधिक भोटको आधारमा मस्ट पपुलर अवार्ड र सेमिफॉर्मल पहिरनमा समेत उत्कृष्ट भएका छन् । ।उपाधिसँगै उनले नगद २००० डलर र फिलिपीन्समा घुम्ने समेत अवसर प्राप्त गरेका छन ।

झापाको दमक ५ निवासी पाठक विगत केही वर्षदेखि मोडलिङको क्षेत्रमा सकृय छन् । २०६९ मा मिस्टर क्याथफोर्ड जितेका पाठक २०८० मा सम्पन्न भएको मिस्टर नेपालको टप १० फाइनालिस्ट साथै २०८० मै मिस्टर वर्ल्ड हेरिटेज नेपालको उपाधि जित्न सफल भएका थिए।२९ वर्षीय पाठकले सिभिल ईन्जिनियरिङमा स्नातक गरेका छन् भने उनले सामाजिक सेवा र युवा जागरणको कार्यमा पनि सक्रियता देखाउँदै आएका छन् । पाठक दमक ४ स्थित पूर्वाञ्चल बोर्डिङ स्कूलका निर्देशक हुन् भने दमक प्याव्सन कार्यसमिति सदस्यको जिम्मेवारीमा पनि रहेका छन् ।