पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण जाने तयारी

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।उनी आफ्नो निजी भ्रमणको लागि आगामी साता भुटान भ्रमणमा जाने भएका हुन् । आज उनको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ ।