एज्ड केयरमा बेड र जनशक्तिको अभाव: अस्ट्रेलियामा नयाँ योजना बनाउँदै सरकार

अस्ट्रेलियामा वृद्धवृद्धाको हेरचाह गर्ने एज्ड केयर केन्द्रमा जनशक्तिको अभाव तीव्र बन्दै गएको छ। प्रत्येक वर्ष वृद्धहरूको संख्या बढिरहेकाले जनशक्ति र बेडको अभाव जटिल समस्या बनेको छ। यो समस्यालाई सम्बोधन गर्न सरकारले २० वर्षे कार्ययोजना तयार गर्ने तयारी थालेको छ।

कोभिड महामारीपछि एज्ड केयर केन्द्रहरूको बेड क्षमता विस्तार हुन नसक्दा अहिले केन्द्रहरूमा भीडभाड बढेको छ। संघीय सरकारले विभिन्न सरोकारवाला, विपक्षी दलहरू, र आर्थिक विज्ञहरूसँग छलफल गर्दै आगामी योजनाका लागि सुझाव मागेको छ। सरकारी तथ्यांकले वृद्ध जनसंख्या र औसत आयु बढ्दै गएकाले प्रत्येक वर्ष १० हजार नयाँ बेड थप्नुपर्ने देखाएको छ।

एज्ड केयर समुदायका प्रमुख टम साइमोन्डनशनका अनुसार, रजिस्टर्ड नर्सदेखि घरमै सुविधा दिने जनशक्ति थप्न आवश्यक पर्नेछ। हालैको स्थिति हेर्दा, यो समस्या आगामी दिनमा झनै गम्भीर बन्ने उनको भनाइ छ।