विराट कोहलीका ५ रेकर्ड

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । गएराति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो । चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनु पर्नेमा चेन्नई सो रन बनाउन असफल भयो ।

त्यसपछि बैंगलुरु समान १४ अंक भएपनि रनरेटका आधारमा प्लेअफमा छानियो । योसँगै यस सिजनको आईपीएलमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । जसमा कोलकोता, राजस्थान, सनराइजर्स र बैंगलुरु रहेका छन् ।

कोलकोता अंक तालिकामा शिर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ । अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुंगो लगाउने छ ।

विराट कोहलीले बनाए यी रेकर्ड
सबैभन्दा धेरै रन
विराट कोहली यो सिजनको आईपीएलमा ७०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले १४ खेलमा ७०८ रन बनाएका छन् । सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सुचीमा रुतुराज गायकवाड दोस्रो स्थानमा छन् । उनले १४ खेलमा ५८३ रन बनाएका छन् ।

धेरै छक्का
यो आईपीएलको मजाक नै भन्नुपर्छ कि कोहलीले त्यही रेकर्ड बनाएका छन् जसको लागि केहि मानिसहरूले विराटको आलोचना गरिरहेका थिए । सुनिल गावस्करदेखि धेरै पूर्व क्रिकेटरले विराटको स्ट्राइक रेटमा प्रश्न उठाएका थिए ।

विराटले प्रतियोगितामा ३७ छक्का प्रहार गर्दै आफ्ना सबै आलोचकलाई जवाफ दिएका छन् । उनी आईपीएल २०२४ मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । दोस्रो स्थानमा रहेका निकलास पुरनले ३६ छक्का प्रहार गरेका छन् ।

उच्चतम औसत
विराट कोहलीले ६४.३६ को औसतमा ७०८ रन बनाएका छन् । यो आईपीएलमा कुनै पनि ब्याट्सम्यानको उच्चतम औसत हो । निकलस पुरन ६२.३७ अंकका साथ दोस्रो स्थानमा छन् । रियान पराग ५९ उच्चतम औसतका हिसाबले तेस्रो स्थानमा छन् ।

५०ं को उच्चतम स्कोर
विराट कोहली चेन्नई विरुद्ध ३ रनले आफ्नो अर्धशतक गुमाए, तर यसले उनको ५०ं स्कोरको रेकर्डमा कुनै फरक परेन । आईपीएल २०२४ मा विराट ५०ं स्कोर गर्ने खेलाडी हुन् । उनले ६ पटक यस्तो गरेका छन् जसमा एक शतक र ५ अर्धशतक समावेश छ ।

ट्राभिस हेड, रजत पाटीदार, सञ्जु सैमसन र रुतुराज गायकवाड सबैभन्दा बढी ५०ं स्कोरका आधारमा संयुक्त रूपमा दोस्रोमा छन् । उनीहरु सबैले ५/५ पटक यस्तो उपलब्धि हासिल गरेका छन् ।

भारतमा ९ हजार टी-२० रन बनाउने पहिलो ब्याट्सम्यान
विराट कोहली आईपीएलमा घरेलु मैदानमा ३ हजारभन्दा बढी रन बनाउने पहिलो खेलाडी बनेका छन् । कोहलीले चेन्नई विरुद्ध ७ औं रन लिने बित्तिकै यो कीर्तिमान बनाए । उनले बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा ३०४० रन बनाएका छन् ।

यस्तै कोहली भारतीय भूमिमा ९ हजार रन बनाउने क्रिकेटर पनि हुन् । विराटले भारतमा २६८ टी-२० खेल खेलेका छन् र त्यसमा ९०१४ रन बनाएका छन् । रोहित शर्मा ८००० रन बनाएर दोस्रो स्थानमा छन् ।