जय नेपाल इन्टरनेशनल फाउन्डेसनद्वारा ग्लोबल युथ नेटवर्क गठन,अध्यक्षमा अष्ट्रेलियाका मदनराज पौडेल

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले हालै वेबिनार मार्फत ग्लोबल युथ नेटवर्क गठन गरेको छ। यो नेटवर्कको अध्यक्षमा अस्ट्रेलियाका मदनराज पौडेल चयन भएका छन् भने महासचिवमा अमेरिकाका नवराज न्यौपाने रहेका छन्। यस नेटवर्कको उद्देश्य नेपाल र विदेशमा रहेका युवाहरूलाई संगठित गर्दै उनीहरूलाई नेपालको विकासमा जोड्नु हो।

कार्यक्रमको प्रमुख आतिथ्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए, जहाँ उनले नेपालमा स्वास्थ्य सेवा र पूर्वाधारको तत्काल आवश्यकता रहेको बताउँदै प्रविधिको प्रयोगले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने औंल्याए। मन्त्री पौडेलले नेपाली कांग्रेसलाई समयअनुसार अगाडि लैजान फाउन्डेसनसँग सहकार्य गर्न तयार रहेको पनि जनाए।

यस कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रतिमा गौतम, कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, जय नेपाल फाउन्डेसन नेपालका अध्यक्ष बद्री अर्याल, एनआरएनएका विभिन्न पूर्व अध्यक्ष र सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव अग्नि चौलागाईं र युथ नेटवर्कका महासचिव नवराज न्यौपानेले गरेका थिए।

त्यसैगरी ४३ सदस्यीय यस नेटवर्कमा मदन राज पौडेल (अष्ट्रेलिया) को अध्यक्षतामा गठित ग्लोबल युथ नेटवर्कमा नवराज न्यौपाने (अमेरिका) महासचिव छन् । त्यस्तै सदस्यहरुमा अनुप खनाल (अमेरिका), बिमला सापकोटा (क्यानडा), सिजन दाहाल (जर्मनी), महेन्द्र बस्नेत (अमेरिका), विनोद मरासिनी (पोर्चुगल), कुशल पौडेल (जापान), विनोद थापा (मलेसिया), अन्जु मल्ल ठकुरी (बेल्जियम), आविष्कार बास्तोला (नर्वे), वैकुण्ठ सिग्देल (अष्ट्रेलिया), बालकृष्ण दाहाल (बेलायत), बलराम तामाङ (चीन), विद्या बराल (नेपाल), विनय अधिकारी (स्पेन), विनोद बास्तोला ( दक्षिण कोरिया), विनोद गुरुङ (क्यानडा), दिपजंग शाही ठकुरी (कतार), दीपेश राज घिमिरे (चीन), हरि बिसी (माल्टा), हरि खड्का (युएई), होमनाथ गिरी (कुवेत), कृष्ण गिरी (डेनमार्क), लाल प्रसाद पाण्डे (भारत), मनीषा रानाभाट (नेपाल), नवीन कटुवाल (नेपाल), नारायण भण्डारी (क्याम्बोडिया), निश्चल चापागाईँ (अमेरिका), फुर्बा तामाङ (डेनमार्क), प्रशान्त गुरुङ (हंगकंग), पुष्पराज सुवेदी (अमेरिका), रंजन राज कुँवर (दक्षिण कोरिया), रवि अर्याल (आयरल्यान्ड), सुलभ हमाल ठकुरी (न्यु जिल्यान्ड), सुरेश राज त्रिपाठी (साउदी अरेबिया), सुस्विन वाग्ले (अष्ट्रेलिया), सुशील पोखरेल (फिनल्यान्ड), साइमोन मुडभरि (अष्ट्रेलिया), उज्ज्वल बज्राचार्य (नेपाल), उपेन पौडेल (बेलायत), युवराज उप्रेती (मकाउ) र रिता शाही (नेपाल) छन् ।