गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष डा. बद्री केसीले आगामी एनआरएन डे अघि विदेशमा बस्ने नेपालीहरूले दुई प्रमुख उपलब्धी हासिल गर्ने अपेक्षा व्यक्त गर्नु भएको छ। मेलबर्नमा एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाले गृहमन्त्रीसँगको बैठकमा भएका छलफलहरूको आधारमा गैरआवासीय नेपाली नागरिकताको लागि केही ऐनहरूमा संशोधन गर्ने तयारी रहेको जानकारी दिए। यसमा राजनीतिक अधिकार र अन्य सुविधाहरूको तत्काल कार्यान्वयनको प्रतिबद्धता पनि रहेको छ, र यो प्रस्ताव एनआरएन डे भन्दा पहिले मन्त्रिपरिषद्मा लैजने योजना तयारि रहेको छ।
अध्यक्ष डा. केसीले ७७ जिल्लाबाट एनआरएन नागरिकता वितरण भइरहेको जानकारी दिनुभएको छ। कुनै समस्या आएमा काठमाडौंको केन्द्रीय सचिवालयको २४ सै घण्टा हटलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ।
उनले नेपालमा एनआरएनका लागि लगानी गर्न अझै सहज वातावरण बन्न नसकेकोमा निरन्तर छलफल भइरहेको जानकारी दिए। यससँगै, अर्थमन्त्रीले एनआरएन डे अघि निर्णय हुने आश्वासन दिएको बताएका छन्, जसले १ डलरको लगानीको प्रतिफल सहज रूपमा फिर्ता ल्याउन सहयोग गर्ने व्यवस्था बनाउनुपर्छ।एनआरएनले पूर्ण अधिकारसहितको नागरिकताको निरन्तरतामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ। डा. केसीले ईटालीमा १८ जना सांसद र पोर्चुगलमा २ जना सांसद देशबाहिर रहेका नागरिकहरूको प्रतिनिधित्व गर्नका लागि व्यवस्था भएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि विदेशमा बस्ने नेपालीको प्रतिनिधित्व संसदमा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी नआरएनका अध्यक्ष डा. केसीले अनलाईन मतदानमा सहभागी भएर परिणामलाई अस्वीकार गर्ने कार्यलाई गलत ठहर गर्दै, यस्तो गर्ने व्यक्तिहरूलाई कारवाही हुने चेतावनी दिनुभएको छ । उक्त अवसरमा एनआरएन उपाध्यक्ष रोजिना प्रधान राईले महिलाको सहभागिता बढाउनको लागि सहयोगको आवश्यकता रहेको बताउनुभयो। साथै उहाले ८ मार्चमा हुने ग्लोबल ओमन कन्फ्रेन्समा सहभागी हुन आग्रह गर्नुभयो भने यो कार्यक्रम महिला प्रोत्साहन र समृद्धिका लागि आयोजना गरिएको छ।
एनआरएन सचिव टिका गुरुङले नेपालमा बालबालिका र जेष्ठ नागरिक मन्त्रालयसँग मिलेर ५० जना घरबारविहीन बालबालिकालाई प्रतिमहिना ५,000 रुपैयाँको सहयोग गर्ने जानकारी दिनुभयो। त्यसैगरी नआरएनका सचिव डा. ज्ञानेन्द्र रेग्मीले अदालतको निर्णयपछि मूल एनआरएनको विवाद समाधान भएको उल्लेख गर्दै निरन्तर एनआरएन अभियानमा लाग्न आग्रह गर्नुभएको थियो। उक्त कार्यक्रममा एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले अतिथिहरूलाई स्वागत गर्दै, उपाध्यक्ष मणिरत्न सापकोटाले सभापतित्व गर्नुभयो र कार्यक्रम सञ्चालन सचिव सशेन्द्र गौतमले गर्नुभएको थियो।