अमेरिकी भ्रमणमा प्रधानमन्त्री ओली: महासभा सम्बोधन र उच्चस्तरीय बैठकहरू

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत मन्त्रिपरिषद्का सदस्यले बिदाइ गरे।

प्रधानमन्त्री ओलीले महासभामा असोज १० गते सम्बोधन गर्नेछन्। उनले कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धि’ र हार्वर्ड विश्वविद्यालयमा ‘सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयमा सम्बोधन गर्नेछन्। साथै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट र अन्य द्विपक्षीय वार्ताहरूमा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन्।