पर्थमा नेपाल फेस्टिभल: नेपाली जीवनशैली र ऐतिहासिक स्थलहरूको झलक

पर्थ, वेस्टर्न अष्ट्रेलियामा आयोजित नेपाल फेस्टिभल भब्य रूपमा सम्पन्न भएको छ। यस नेपाल फेस्टिभलले अष्ट्रेलियामा नेपाली वातावरण र संस्कृति प्रस्तुत गर्दै विशेष आकर्षण प्राप्त गरेको छ। यस फेस्टिभलले पर्थलाई पूर्ण रूपमा नेपाली रंगमा सजाएको थियो, जहाँ नेपाली खानपान, संस्कृति, र ऐतिहासिक स्थलहरूको भव्य प्रदर्शनी गरिएको थियो। विशेष गरी बौद्धनाथ, धरहरा, र सगरमाथाका प्रतिकात्मक मोडेलहरूले दर्शकलाई नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहरको अनुभव प्रदान गरे।
सुप्रिम कोर्ट पार्कमा आयोजित यस फेस्टिभलमा १२,000 भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । अष्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल फेष्टिभलका लागि त्यहाँको स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने भएको छ ।

नेपालका ३८ वटा स्टलहरूले नेपाली खानपान र व्यवसायहरूको प्रदर्शनी गरेका थिए। साथै, नेपाली पाराको घर, धरहरा, पशुपतिनाथ, र बौद्धनाथको प्रतिमासँग फोटो खिचाउनेहरूको घुईचोले नेपाल फेस्टिभललाई थप आकर्षक बनाएको थियो।


यस फेस्टिभलले अष्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक एकता र परिचयलाई बलियो बनाउँदै, नेपाली समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण भूमिका निभाएको छ। नेपाली संस्कृति र परंपरालाई प्रोत्साहित गर्दै अष्ट्रेलियामा नेपाली पहिचानलाई मजबुत बनाउन मद्दत पुर्‍याएको छ।


नेपाल फेस्टिभलको सफलताले भविष्यमा अन्य अष्ट्रेलियन शहरहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने आशा बढाएको छ।

फेस्टिभलमा अष्ट्रेलियामा रहेका नेपाली राजदूतावासका प्रतिनिधि, वेस्टर्न अष्ट्रेलिया राज्य सरकारका अधिकारी, र नेपाली समुदायका विभिन्न अगुवाहरूको उपस्थिति रहेको थियो। यस अवसरमा नेपाल फेस्टिभलमा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्यान्डले दर्शकलाई रमाइलो मनोरञ्जन प्रदान गरेका थिए। यस फेस्टिभलले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक र ऐतिहासिक धरोहर सम्झन र मान्न एक अद्भुत अवसर प्रदान गरेको छ।

यस कार्यक्रमले नेपाली समुदायलाई एकत्रित गर्ने मात्र होइन, अष्ट्रेलियामा नेपाली संस्कृति र परंपरालाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका निभाएको छ।