सुनको मुल्य तोलामा एक हजार दुई सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार सुन तोलाको एक हजार दुई सयले घटेर एक लाख ५२  हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।