“नेपाल राष्ट्र बैंकको नयाँ निर्णय: दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट सटही मात्र”

नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँको अवसरमा नयाँ नोटको वितरण नगर्ने निर्णय गरेको छ। यसवर्ष, सुकिला नोटहरूको मात्र सटही गर्ने तयारी गरिएको छ।राष्ट्र बैंकका अनुसार, नयाँ नोट छपाइका लागि ठूलो खर्च लाग्ने हुँदा, यस पटक पुराना सुकिला नोटहरूको सटही मात्र गरिनेछ।

spot_img

यसरी, खर्चको व्यवस्थापन र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार, दसैँतिहारको अवसरमा आवश्यक पर्ने साना र ठुला दरका नोटहरूको सटही पुराना सुकिला नोटसँगै गरिनेछ। यसअघि बजारमा पठाइएका सुकिला नोटहरू बैङ्कमार्फत सटही गरिनेछ।प्रत्येक व्यक्तिले १८ हजार पाँच सय रुपियाँको हाराहारीमा नोट सटही गर्न सक्नेछन्। पछिल्ला पाँच वर्षको औसतमा नयाँ नोट छपाइका लागि एक अर्ब ३० करोड रुपियाँ खर्च हुने गरेको बताइएको छ।यो निर्णयले डिजिटल कारोबारलाई प्रोत्साहन दिने र खर्चलाई कम गर्ने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ।