क्यानबेरामा Nepali Haat Bazaar को ग्रान्ड ओपनिङ, एशियाली समुदायका लागि नयाँ विकल्प

क्यानबेरा, २८ अगस्ट २०२४
क्यानबेरामा नेपाली समुदायलाई लक्षित गर्दै नयाँ Nepali Haat Bazaar को भव्य उद्घाटन सम्पन्न भएको छ। यो नयाँ पसल Hibberson Street – Gungahlin  को १३७/४३ नम्बरमा अवस्थित छ, जहाँ नेपाली र अन्य एशियाली समुदायका लागि ताजा ग्रोसरी सामानहरू सजिलै उपलब्ध हुनेछ। Gungahlin क्षेत्रमै यसअघि नै Nepali Haat Bazaar, Centrelink नजिकै सञ्चालनमा थियो, जसले स्थानीय बासिन्दालाई गुणस्तरीय सामानहरू उपलब्ध गराउँदै आएको छ। अब, नयाँ स्थानमा थप सेवा विस्तार गर्दै, Nepali Haat Bazaar ले अझ बढी ग्राहकहरूलाई सेवा दिन सक्षम हुने अपेक्षा गरिएको छ।

उद्घाटन समारोह बिहान ८ बजे सुरु भएको थियो, जहाँ धार्मिक पूजापाठ पछि प्रमुख अतिथि, चर्चित गायिका कोमल ओलीले रिबन काटेर पसलको औपचारिक शुरुवात गरिन्। Nepali Haat Bazaar ले ताजा मासु, सागसब्जी, र नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी, श्रीलंकाली, भूटानी लगायतका सम्पूर्ण सामाग्रीहरू उपलब्ध गराउने उद्देश्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथि ओलीले नेपाली र अन्य एशियाली समुदायलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको यस बजारले सम्पूर्ण समुदायलाई एकताबद्ध गर्ने आशा व्यक्त गरिन्।

बजारका सञ्चालक रोशन केसीले ७ सेप्टेम्बर २०२४ सम्म सबै सामानमा १० प्रतिशत छुटको घोषणा गर्दै सबैलाई यसको लाभ उठाउन आग्रह गरे। उनले Nepali Haat Bazaar को मुख्य उद्देश्य समुदायलाई घरकै स्वाद र अनुभूति दिलाउन र स्थानीय स्तरमा गुणस्तरीय सामानहरू उपलब्ध गराउन रहेको बताए। Gungahlinक्षेत्रका बासिन्दालाई ताजा र गुणस्तरीय ग्रोसरी सामानहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको यो Nepali Haat Bazaar ले स्थानीय बासिन्दाको जीवनलाई सहज बनाउने विश्वास लिइएको छ। ग्राहकहरूले TikTok, र Facebook जस्ता प्लेटफर्महरूमा Nepali Haat Bazaar लाई फलो गरेर थप जानकारी प्राप्त गर्न सक्छन्।