फुटबल स्टार क्रिस्टियानो रोनाल्डो युट्युबमा पनि जोडिएका छन्। सामाजिक सञ्जाल फेसबुक, एक्स र इन्टाग्राममा लोकप्रिया फ्यान फलोइङ बनाएका रोनाल्डो बुधबार (२१ अगस्ट, २०२४) बाट युट्युबमा जोडिएका हुन्। उनले युट्युब च्यानलको नाम ‘यूआर क्रिस्टियानो’ राखेका छन्। उनले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दै १ करोड ५० लाख बढीले सब्सक्राइब गरेका छन्।आफूले युट्युब च्यानल खोलेकोबारे रोनाल्डोले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।रोनाल्डो सामाजिक सञ्जालमा धेरै फलो गरिने खेलाडी मध्येका एक खेलाडी हुन् । उनको इन्सटाग्राममा मात्रै ६३ करोड ६० लाख बढी फलोअर रहेका छन् ।
