हसिनाको परिवार अब राजनीतिमा ‘नफर्किने’

प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार छोडेकी हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन्।यसपालि पदत्याग गर्न बाध्य हुँदा उनी निरन्तर १५ वर्ष देखि प्रधानमन्त्री थिइन्।

हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन्।हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए। अहिले उनी अमेरिकामा छन्।उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने सङ्केत बीबीसीको न्यूजआवरसँग गरे। उनका अनुसार “आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको” देखेर हसिना दुःखित भएकी थिइन्।

“मलाई लाग्छ, अब सकियो। मेरो परिवार र हामीले धेरै खेप्यौँ।”उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, “उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो। उहाँ सत्तामा आउँदा बाङ्ग्लादेशलाई विफल राज्य मानिन्थ्यो। यो गरिब देश थियो। आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो। उहाँ निकै दुःखित हुनुहुन्छ।”

स्रोत: बिबिसी न्युज