काभा महिला भलिवलमा आज समूह चरणको अन्तिम खेल

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा   समूह चरणको अन्तिम खेलमा आज नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदै छन् ।दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्न लागेका हुन् । दुवै खेलपछि सेमिफाइलनमा खेल्ने टोलीको टुंगो लाग्नेछ । आज हुने दुवै खेलको समय परिवर्तन भएको छ । नेपाल भलिबल संघका अनुसार भारत र श्रीलंकाबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै नेपाल र माल्दिभ्सबीचको दोस्रो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।दुवै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।आजको खेलपछि लिगचरणका खेलहरु सकिनेछन् र सेमिफाइनल समीकरण तय हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा इरान, भारत, नेपाल र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । माल्दिभ्स भने एक खेलअघि नै अन्तिम हुने निश्चित भएपछि लिगबाटै बाहिरिएको छ ।

लिगको चारै खेल खेलिसकको इरान ३ जित र १ हारबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । तीन खेल खेलेको भारतले २ जित र १ हारबाट ७ अंक नै जोडेको छ र दोस्रो स्थानमा छ । २ जित र १ हारबाट ६ अंक जोडेको घरेलु टोली नेपाल तेस्रो स्थानमा छ । श्रीलंका ४ अंकसहित चौथो स्थानमा छ ।आजको खेलमा नेपाल र भारत दुवै विजयी भए भारत लिगमा शीर्ष स्थानमा पुग्नेछ भने नेपाल दोस्रो हुनेछ । यस्तोमा नेपालले सेमिफाइनलमा इरानसँगै खेल्नुपर्नेछ । यदि नेपालले माल्दिभ्सलाई हराउने र भारत श्रीलंकासँग सोझो सेटमा पराजित भएमा भने नेपाल शीर्ष स्थानमा पुग्नेछ ।