अष्ट्रेलियाले कार्यस्थलमा हुने शोषणको सामना गरिरहेका कामदारको सुरक्षाका लागि नयाँ भिसा ल्याएको छ । गत हप्ता, अष्ट्रेलिया सरकारले सबक्लास ४०८ अन्तर्गत “वर्कप्लेस जस्टिस भिसा” दिने व्यवस्था गरेको हो ।। यो भिसाले आप्रवासी र विदेशी कामदारहरूलाई जसले अष्ट्रेलियामा बस्न अनुमति दिई पारिश्रमिक नदिने , कामको अत्याधिक घण्टा, वा भिसा रद्द गर्ने धम्कि दिने जस्ता समस्याहरू लाइ सहयोग गर्ने उद्देश्य राखेको छ।
नयाँ भिसा सबैका लागि स्थायी समाधान होइन तर अस्थायी राहत प्रदान गर्दछ। प्रभावित कामदारहरूले सुरुमा छ महिनासम्म यो भिसा प्राप्त गर्न सक्छन्, जसलाई एक वर्षसम्म लम्ब्याउने सम्भावना छ। कामदारका परिवारका सदस्यहरूले पनि यो भिसाका लागि आवेदन दिन सक्छन्।
वर्कप्लेस जस्टिस भिसा विदेशी कामदारहरूलाई सहयोग गर्न डिजाइन गरिएको हो जसले कानूनी विवादहरूमा संलग्न हुँदा भुक्तानी नगरिएको ज्याला, अत्यधिक कामको घण्टा, मानसिक तनाव, वा भिसा रद्द गर्ने धम्की जस्ता समस्याहरू सामना गर्छन्। यसले उनीहरूलाई अष्ट्रेलियामा बस्न र कानुनी रूपमा मुद्दा लड्न अनुमति दिन्छ। श्रमिकहरूले आफ्नो अधिकारको वकालत गर्दा कानूनको पालना सुनिश्चित गर्नुपर्छ।