Right and Associates को २४औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

Right and Associates ले आफ्नो २४औं वार्षिक उत्सवको अवसरमा २ अगस्ट, शुक्रबार, अष्ट्रेलियाको सिड्नी लगायत नेपाल अधिराज्यभर विभिन्न कार्यक्रमहरू सम्पन्न छ। यसै अवसरमा Canberra मा रहेको Right and Associates को कार्यलयमा पनि एक विषेश कार्यक्रम गरिएको थियो। कार्यक्रममा डा. कृष्ण हमाल, सुरज पौडेल, लगायतका समाजका विशिष्ट व्यक्तित्वहरू, सेवाग्राही, र Rights and Associates का कर्मचारीहरूको उपस्थितिले कार्यक्रमको महत्त्वलाई अझै बढाएको थियो।

कार्यक्रमको प्रमुख अतिथि डा. कृष्ण हमालले २४औं वर्ष पूरा गरेको अवसरमा Rights and Associates लाई हार्दिक शुभकामना व्यक्त गर्दै यसको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो। उहाँले Right and Associates ले शिक्षा र माइग्रेसन क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गर्दै, यो संस्था नेपाली समुदायको लागि एउटा उदाहरणीय संस्था भएको बताउनुभयो।

Rights and Associates का निर्देशक दिपेन्द्र अधिकारीले विगत २४ वर्षदेखि शिक्षा र माइग्रेसन क्षेत्रमा संस्था निरन्तर क्रियाशील रहँदै आएको र यस अवधिमा संस्था प्रति विश्वास देखाउने सेवाग्राहीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले भन्नुभयो, “यो यात्रा सजिलो थिएन, तर हाम्रो समर्पित टीम र सेवाग्राहीहरूको साथले आज हामी यो स्थानमा छौं।”

क्यानबेरा मात्र होइन, २४औं वार्षिक उत्सवको अवसरमा Rights and Associates ले सिड्नी लगायत नेपाल अधिराज्यभर विभिन्न कार्यक्रमहरूको आयोजना गरेर आफ्नो सफलताको खुसी बाँडेको थियो। हरेक कार्यक्रममा नेपाली समुदायका अगुवाहरू, विद्यार्थीहरू, र सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो कार्यक्रमले Right and Associates को प्रतिष्ठालाई अझ बलियो बनाएको छ र आगामी वर्षहरूमा पनि यस संस्थाले नयाँ कीर्तिमानहरू बनाउँदै जाने विश्वास व्यक्त गरिएको छ।