पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

पेरिस ओलम्पिकमा मंगलबारसम्म एसियाली राष्ट्रहरूले पदक तालिकामा अग्रता लिएका छन्। जापान ७ स्वर्ण, २ रजत र ४ कास्य गरी १३ पदकसहित शीर्ष स्थानमा छ । चीनले ६ स्वर्ण, ६ ६ रजत र २ कांस्य सहित कुल १४ पदकहरू जितेको छ। अस्ट्रेलियाले ६ स्वर्ण, ४ रजत र १ कास्य गरी कुल ११ पदक जितेको छ ।

आयोजक राष्ट्र फ्रान्सले ५ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल ११ पदक जितेको छ । दक्षिण कोरिया ५ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल ११ पदकसहित पाँचौं स्थानमा छ । ओलम्पिकमा सबैभन्दा सफल राष्ट्र संयुक्त राज्य अमेरिका ४ स्वर्ण, ११ रजत र १ कास्यसहित कुल २६ पदकसहित छैटौं स्थानमा छ। बेलायत ४ स्वर्ण, ५ रजत र ३ कास्यसहित कुल १२ पदकसहित सातौं स्थानमा छ।

इटाली ३ स्वर्णसहित आठौं स्थानमा छ । क्यानडा र हङकङ २–२ स्वर्णसहित क्रमशः नवौँ र दशौँ स्थानमा छन् ।

पेरिस ओलम्पिकमा सहभागी २०६ मध्ये हालसम्म ४३ राष्ट्रले कम्तीमा एउटा पदक जितेका छन् । एसियाली देशहरूले राम्रो प्रदर्शन गरिरहेका बेला दक्षिण एसियाली राष्ट्रहरू संघर्षरत छन्, भारतले मात्र २ कांस्य पदक जितेको छ भने अन्य कुनै पनि दक्षिण एसियाली देशले पदक जित्न सकेका छैनन्।

नेपालबाट ६ विभिन्न खेलमा ७ खेलाडीले सहभागिता जनाएका छन् जसमध्ये ५ खेलाडीले प्रतियोगिता समाप्त गरिसकेका छन् । ब्याडमिन्टन खेलाडी प्रिन्सले आज अन्तिम समूह खेल खेल्नेछन् भने म्याराथन धावक सन्तोषी श्रेष्ठले भदौ ११ गते प्रतिस्पर्धा गर्नेछन् ।