शीर्ष नेताको मृत्युको कामना गर्दै पुजा गर्ने ज्योतिषीलाई हिरासतमा राख्न अनुमति

काठमाडौंका चर्चित ज्योतिषी पुष्कर खतिवडालाई जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनलाई विद्युतीय व्यापार कसुरमा हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । उनलाई सोमबार बिहान महाराजगञ्जस्थित उनको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

चार दिनअघि खतिवडाले शीर्ष नेताको निधनको कामना गर्दै धार्मिक अनुष्ठान गर्ने घोषणा गरेका थिए र सोमबार उनले उक्त अनुष्ठान गरेका थिए । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।