तास्मानियामा ‘एनटीएसए मल्टीकल्चरल फुटबल टुर्नामेन्ट’ हुँदै

नेपाल तस्मानिया खेलकुद स्पोर्टस एसोसियसन ले बहुसांस्कृतिक फुटबल प्रतियोगिता आयोजना गरेको छ । तस्मानियाको ड्याम्पियर स्ट्रिट वारेन फुटबल मैदानमा जुलाई २८ मा तय भएको यस प्रतियोगिताले भियतनामी, भुटानी, नाइजेरियाली र नेपाली फुटबल क्लबहरू लगायतका तस्मानियामा बसोबास गर्ने विभिन्न समुदायहरूलाई सहभागी गराउने लक्ष्य राखेको छ। एनटीएसएका प्रवक्ता हरि गौतमले प्रवेश शुल्क पाँच सय डलर रहेको जानकारी दिनुभयो ।

विजेताले दुई हजार पाँच सय अष्ट्रेलियन डलर नगद र उपविजेताले एक हजार अष्ट्रेलियन डलरसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र मेडल प्रदान गरिनेछ । न्यू कन्सेप्ट फाइनान्सले प्रायोजन गरेको उक्त फुटबल प्रतियोगिताका आयोजक रोशन भट्टराईले जानकारी दिनुभयो । NTSA ले महिला फुटबल कप र सामाजिक कप पनि आयोजना गरेको छ, जसमा विजेताहरूलाई पदकहरू प्रदान गरिन्छ।