सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक जित, यूएई ६ वीकेकटले पराजीत

काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले जित हासिल गरेको छ ।नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे ।इन्दूले तीन विकेट लिइन् भने सम्झनाले ३६ बलमा आफ्नो अर्धशतक पूरा गरेकी थिइन्। सो क्रममा उनले आठ चौका प्रहार गरेकी थिइन्। यो सम्झनाको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो।दाम्बुल्ला रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल विरुद्ध युएईले पूरा ओभर खेलेर ११५ रन जोडेको थियो।सम्झनाले सुरुआतदेखि नै आक्रामक रूप देखाउँदै स्कोर जोड्न थालेकी थिइन्।उनलाई ओपनिङ पार्ट्नर सीता रानामगरले पूरापूर साथ दिइन्। तर सीता १७ बल खेलेर सात रनमा आउट हुन पुगिन्।