लोकप्रिय हास्य टिभी सिरियल ‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ। शुक्रबार कुमार कट्टेल ‘जिग्री’ को जन्मदिनको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मका कलाकार र निर्देशकबारे जानकारी दिइयो।
सुदीप बरालको छायांकन रहने फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहने छ । यो फिल्मबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली फिल्ममा कमव्याक गर्दैछन् । यो फिल्ममा सक्किगोनि टिमबाट को–को कलाकार रहने तथा अन्य कलाकारहरु को–को रहने भन्ने विस्तारै सार्वजनिक गरिने जानकारी गराइएको छ ।यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर यो फिल्म प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ । फिल्मको घोषणा कार्यक्रममा हरिवंश आचार्य, दीपाश्री निरौला लगायतले सफलताको शुभकामना दिएका थिए । समारोहमा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनसमेत सेलिब्रेसन गरिएको थियो