सुनको मुल्यमा नयाँ किर्तिमान, तोलाकै १ लाख ४९ हजार ८ सय

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।