भिक्टोरियामा बाढीको कारण SES मा 300 भन्दा बढी कलहरू

भिक्टोरियाको दक्षिणपूर्वमा भारी वर्षापछि बाढीको चेतावनी हालै जारी गरिएको छ। भिक्टोरियाको राज्य आपतकालीन सेवा (SES) ले हिजो राति आपतकालीन सहायताको लागि ३०० भन्दा बढी कलहरू प्राप्त गरेको थियो ।आँधीले करिब १३० रुख ढलेका छन् भने करिब ८० ओटा भवनमा क्षति पुगेको छ । भिक्टोरियामा Dandenong क्षेत्र र Healesville को लागि watch र ACT warnings हरु दिएको छ । ViceEmergency ले त्यहाका बासिन्दाहरूलाई सुरक्षित ठाउमा सर्न भनिरहेको छ। भिक्टोरियाका केही भागमा सोमबार बिहान ९ बजेदेखि २४ मिलिमिटरसम्म वर्षा भएको थियो , जसले ठुलो बाढी निमताएको थियो भने बीओएमले गिप्सल्याण्डका केही भागमा सोमबार र मंगलबार ४८ घण्टामा ९० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।राज्यको उत्तरपूर्वमा फल्स क्रिक र माउन्ट होथममा ७० किलोमिटर प्रति घन्टाको गतिमा हानिकारक हावा चल्ने अनुमान गरिएको छ। होथम हिमालमा आज बिहान ९३ किलोमिटर र घण्टाको गतिमा हावा चलेको थियो ।