गैरआवासीय नेपाली संघ (एनआरएनए) तस्मानियाले जुलाई २० गते रिसडन ब्रुक पार्कमा अभिभावक सम्मान तथा पिकनिक कार्यक्रम आयोजना गरेको छ ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा तस्मानियाका संयोजक जगदीश खड्काले अष्ट्रेलिया तथा विदेशमा रहेका अभिभावक र उनीहरूका बालबालिकाबीच नेपाली पहिचान र सुमधुर सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।
आयोजक खड्काले नि:शुल्क पिकनिकमा परिवारका सदस्यसहित अन्य दुई सयभन्दा बढी सहभागी हुन सक्ने व्यवस्था गरेको खड्काले बताए । अभिभावकहरूको विभिन्न् गतिविधिहरू स्वास्थ्य जाँच, खाना, परिचयात्मक सत्रहरू, र आनन्दको लागि सांस्कृतिक प्रदर्शनहरू पनि समावेश रहेका छन् ।