अब अनलाइन बाटै न्यु साउथ वेल्स राज्यमा ड्राइभिङ लाइसेन्सको परीक्षा दिन सकिने

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारले जुलाई १ देखि लर्नर ड्राइभिङ लाइसेन्सको परीक्षा अनलाइनबाटै दिन सकिने भएको छ। यस अघि एनएसडब्लुको सर्भिस सेन्टरमै सुपरिवेक्षकको निगरानीमा परीक्षा सञ्चालन हुन्थ्यो। तर अब अनलाइनबाटै परीक्षा दिन सकिने र त्यसका लागि सर्भिस NSW वेबसाइटबाट समय र मिति निर्धारण गर्नुपर्नेछ। सडकमा गाडी चलाउनुअघि लर्नर लाइसेन्स अनिवार्य बनाउनु पर्ने नियम रहेको छ।

लर्नर लाइसेन्स पछि बल्ल रेड र ग्रीन दुवै पूर्ण लाइसेन्स प्राप्त गर्न सकिन्छ। NSW सरकारले परीक्षा शुल्क भने ४५ डलरबाट ५५ डलर पुर्‍याएको छ। योभन्दा अगाडिको परीक्षामा एकपटक अनुतीर्ण भएपछी फेरि बुकिङ गरेर शुल्क फेरि तिर्नु पर्दथियो भने पनि अब चाहिँ ५५ डलरबाट जति पटक परीक्षा दिए पनि हुने जनाएको छ।