मेलबर्नमा रहेको एउटा कारखानामा केमिकलक विस्फोटन हुँदा ठूलो आगालागि भएको छ।
१८० वटा दम्कल को प्रयासको बावजुद पनि विस्फोटनबाट लागेको आगो निभाउन चुनौतीपूर्ण साबित भएको थियो। आगालागि नियन्त्रणमा आएपनि रातभरि यसको असर देखिने अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूले सहरलाई असर पार्ने विषक्त धुवाको बारेमा चिन्तित रहेको बताएका छन् ।नजिकका क्षेत्रहरुमा बसोबास गर्ने मानिसहरूलाई भने घरभित्र झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् । तर अहिलेसम्म कुनै पनि व्यक्तिको चोटपटक अथवा मृत्यु भएको रिपोर्ट भने आएको छैन। त्यसैगरी ट्राफिक अवरोधहरू र सडक बन्द गरिएको छ भने आगालागि हुनुको कारणबारे अनुसन्धान भइरहेको छ।