NSW का beach मा भेटिएका debris ballsको स्रोत जोडियो सिड्नीको wastewater प्रणालीसँग

अगस्ट महिनामा न्यू साउथ वेल्सको Central Coastका विभिन्न समुद्र beach हरूमा भेटिएका रहस्यमय debris ballहरू हाल सिड्नीको wastewater प्रणालीसँग सम्बन्धित रहेको पाइएको छ, जसको पुष्टि न्यू साउथ वेल्सको वातावरण संरक्षण प्राधिकरण (EPA) ले गरेको छ।

सार्वजनिक स्वास्थ्य र वातावरणीय सुरक्षा सुनिश्चित गर्नका लागि, वातावरण संरक्षण प्राधिकरणले यी debris ballहरूको विस्तृत अनुसन्धान गर्न शुरु गरेको थियो। अनुसन्धानका क्रममा, Central Coastका विभिन्न तटहरूबाट संकलित नमूनाहरूलाई Sydney Water, Central Coast Council र Hunter Water को wastewater उपचार प्रणालीका नमूनासँग तुलना गरिएको थियो। यस investigationका नतिजास्वरूप debris ballहरूको रासायनिक संरचना Sydney Waterको wastewater प्रणालीसँग मेल खाएको पाइएको छ, जसले यसलाई सम्भावित स्रोतको रूपमा चिन्हित गरेको छ।

अधिकारिहरूले भनेअनुसार, “यसअघि यस्ता debris ballहरू सिड्नीका विभिन्न समुद्र तटहरूमा पनि भेटिएका थिए, र अब Central Coastका beachहरूमा पुनः यस्ता बलहरू देखिएका छन l”

यद्यपि, अधिकारीहरूले यो स्पष्ट गर्न सकेका छैनन् कि हालका मलबा बलहरू पहिले सिड्नीका तटहरूमा भेटिएका बलहरूसँग सिधै सम्बन्धित छन् वा छैनन्।

सिड्नी वाटरले यस मुद्दाको थप अनुसन्धान गर्ने क्रममा, यसले debris ballहरूको साँचो स्रोत पहिचान गर्ने प्रयास गरिरहेको छ। यसका लागि, अनुसन्धानकर्ताहरू विभिन्न wastewater उपचार प्रक्रियाहरूको निरीक्षण गर्दै, समस्याका मुख्य कारकहरू पत्ता लगाउने कार्यमा संलग्न छन्।

सिड्नी वाटरलेभने अनुसार, “यो मुद्दा समाधान गर्नका लागि पहिले नै केही समाधानका उपायहरू लागू गरिएको छ र भविष्यमा यस्ता घटनाहरू नदोहोरिन सुनिश्चित गर्नका लागि दीर्घकालीन योजनाहरू पनि बनाइरहेका छन्।”

हाल समस्याको समाधानका लागि केही तत्कालिन कदमहरू चालिएका छन्, जसमा wastewater प्रणालीको व्यवस्थापनमा सुधार र निगरानीका उपायहरू समावेश छन् साथै दीर्घकालीन उपायहरू पनि लागू गरिने छन्, जसले भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्तिलाई रोक्न मद्दत पुर्याउनेछ।

यस घटनाका बारेमा थप जानकारी प्राप्त भएमा, वातावरण संरक्षण प्राधिकरणले आफ्नो नियमित अद्यावधिक प्रक्रिया अन्तर्गत थप जानकारी सार्वजनिक गर्ने आश्वासन दिएको छ। यसका अतिरिक्त, सार्वजनिक सुरक्षा र स्वास्थ्यको दृष्टिले यस्ता मलबा बलहरूको समुद्र तटमा उपस्थिती नियन्त्रण गर्नका लागि सिड्नी वाटर र अन्य स्थानीय जल आपूर्ति संस्थाहरूले थप कदम चाल्नेछन्।

समग्रमा, यस घटनाले drainage system/water drainage system र wastewater व्यवस्थापनका चुनौतीहरूलाई उजागर गरेको छ, र यसले यस क्षेत्रमा सुधारका लागि तत्काल र दीर्घकालीन योजनाहरूको आवश्यकतालाई रेखांकित गरेको छ ।