अष्ट्रेलियामा गलत तरिकाले seatbelt लगाउँदा हुन सक्छ:१२ सय डलरसम्मको जरिवाना

Looking across the Yarra river from Southbank to the city of Melbourne

अष्ट्रेलियाका सबै राज्य र क्षेत्रहरूमा seatbelt लाई हातमुनि पारेर लगाउने गलत तरिकालाइ अब कानुनले कडाइका साथ प्रतिबन्धित गर्ने भएको छ ।

यस्तो गरिएको भेटिएमा १,२०० डलरसम्मको जरिवानाdemerit point समेत थपिन सक्ने चेतावनी ट्राफिक अधिकारीहरूले सार्वजनिक गरेका छन्।

धेरैले सहजताको लागि seatbelt को shoulder belt लाई काँधको सट्टा हातमुनि राखेर बाँध्ने गर्छन्, तर यस्तो व्यवहार incorrect seatbelt use को श्रेणीमै पर्छ र दुर्घटनाको बेला शरीरमा गम्भीर असर पर्न सक्ने जोखिम अत्यन्तै उच्च रहन्छ।

सडक सुरक्षा अधिकारीहरूले lap belt तिघ्रामुनि कसेर स्थिर रूपमा बस्नुपर्ने र shoulder sash ले छाती हुँदै काँधको मध्यम भागबाट सिधा पार गर्नुपर्ने नियम सबै चालक र यात्रुले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन्।

Transport for NSW ले गलत तरिकाले seatbelt लगाउँदा दुर्घटना परेको अवस्थामा शरीरले धक्का सहन नसक्ने प्रकारका चोट लाग्न सक्ने भएकाले गम्भीर चोटपटक वा मृत्युको जोखिम उल्लेखनीय रूपमा बढ्ने चेतावनी दिएको छ।

अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालनमा रहेका seatbelt detection cameras ले गाडीको number plate र अगाडिको सीट क्षेत्र समेटेर फोटो खिच्छन्। ती तस्वीरहरू AI software ले प्राथमिक विश्लेषण गर्छ र कुनै सम्भावित उल्लङ्घन देखिएमा trained officers ले अन्तिम पुष्टि गर्छन र उल्लङ्घन पुष्टि भए मात्र चालक वा यात्रुलाई infringement notice पठाइन्छ, अन्यथा तस्वीर तुरुन्तै delete गरिन्छ।

कानूनअनुसार, यात्रुले seatbelt नलगाएको वा गलत ढंगले लगाएको अवस्थामा ड्राइभरले पनि जिम्मेवारी वहन गर्नुपर्छ। यात्रु १६ वर्षभन्दा माथि भए र प्रहरीद्वारा प्रत्यक्ष रोकिएमा यात्रुले स्वयं पनि जरिवाना तिर्नुपर्छ। तर seatbelt camera ले पक्रिएको अवस्थामा धेरै राज्यमा नोटिस चालकलाई मात्र पठाइन्छ।

राज्यअनुसार सजाय फरक–फरक छन्।

  • NSW: गलत seatbelt प्रयोग गर्दा $423 र 3 demerit points, धेरै यात्रु भए $1784 सम्म।
  • Queensland: सबै seatbelt-related offences का लागि $1251 र 4 points।
  • Victoria: क्यामेरा–आधारित उल्लङ्घनमा $407 र 3 points; अधिकतम सजाय करिब $2035।
  • ACT: अधिकतम 20 penalty units (करिब $3200)।
  • South Australia: $448 र 3 points।
  • Western Australia: $550 बाट सुरु भई यात्रु संख्या अनुसार $900 सम्म।
  • Northern Territory: $500 र 3 points।
  • Tasmania: $410 र 3 points।

यससँगै, केही सीमित अपवादहरू मात्र मान्यता प्राप्त छन् जस्तै गाडी रिभर्स गर्ने बेला पूर्ण लाइसेन्स भएको चालकले seatbelt नलगाउन मिल्छ,आकस्मिक र अत्यावश्यक चिकित्सकीय उपचार दिँदा वा लिँदा यात्रुले seatbelt नलगाउन सक्छन्,२५ km/h भित्रको गतिमा सञ्चालन हुने garbage वा delivery vehicle का चालकलाई पनि छुट हुन्छ। चिकित्सकले जारी गरेको medical exemption प्रमाणपत्र भएमा मात्र अन्य अपवाद मानिन्छ, र यस्तो प्रमाणपत्र सधैं साथमा हुनुपर्छ।

सडक सुरक्षा अधिकारीहरूले छुट्टियाम नजिकिँदै “Double demerit” लागू हुन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै जनतालाई सही रूपमा seatbelt प्रयोग गर्न आग्रह गरेका छन्। गलत तरिकाले seatbelt लगाउने सानो गल्तीले आर्थिक सजाय मात्र होइन, दुर्घटनास्थितिमा ज्यानसमेत जोखिममा पार्न सक्ने भएकाले नियमको पूर्ण पालना अनिवार्य रहेको उल्लेख गरिएको छ।

spot_img