अष्ट्रेलियामा नयाँ ई-बाइक सुरक्षा नियम: उल्लंघन गर्दा ८२५,००० डलरसम्मको जरिवाना

अष्ट्रेलियाको New South Wales (NSW) सरकारले आगामी वर्षदेखि लागू हुने नयाँ सुरक्षा नियमहरूद्वारा ई-बाइक र अन्य ई-Micromobility उपकरणहरूको बिक्री र उपयोगमा कडाइका साथ नियन्त्रण गर्ने योजना बनाएको छ।यो नयाँ नियमअनुसार निर्माता र आपूर्तिकर्ताहरूलाई मापदण्डहरूको उल्लंघन गरेमा ८२५,००० डलरसम्मको भारी जरिवाना लाग्ने प्रावधान रहेको छ।

नयाँ नियमको अनुसार, आगामी १ फेब्रुअरी २०२६ देखि सबै E-bikes, e-scooters, e-skateboards, and self-balancing scootersलाई प्रमाणित र परीक्षण गराइ प्रमाणपत्र प्राप्त गर्न अनिवार्य हुनेछ। यी उपकरणहरूको परीक्षण र प्रमाणपत्र प्रमाणित प्रयोगशालामा गरिनेछ र त्यसका लागी १,२०० डलरको शुल्क तिर्नु पर्नेछ।

यी नयाँ मापदण्डहरू विशेष रूपमा लिथियम-आयन ब्याट्रीको आगोको जोखिमलाई कम गर्नका लागि ल्याइएका हुन्।

Advertisement

लिथियम-आयन ब्याट्रीहरू अष्ट्रेलियामा हालको वर्षहरूमा आगलागीको मुख्य कारण बनेका छन् । यी ब्याट्रीहरूको गलत प्रयोग, मर्मत र सही सर्तहरू पालन नगरेको कारण आगलागीका घटना बढेका छन्, जसले मानिसको जीवन र सम्पत्ति दुवैलाई खतरा पुर्याएको छ।

त्यसैले यो मापदण्डले उपभोक्ताहरूलाई यी उपकरणहरूको प्रयोग, चार्जिंग र भण्डारणको बारेमा स्पष्ट र सुरक्षित जानकारी पनि प्रदान गर्ने छ । उपभोक्ताले जब यी उपकरणहरू किन्छन्, तिनीहरूले यस उपकरणको प्रमाणपत्र र सुरक्षा चिह्नको पुष्टि गर्नु अनिवार्य हुनेछ। यसले सुरक्षित उपकरणको मात्र चयन गर्न मद्दत पुर्याउनेछ र उपभोक्ताहरूलाई खतरा मुक्त राख्नेछ।

यो कदमले सार्वजनिक सुरक्षा र दुर्घटनाको जोखिम घटाउनका लागि ठूलो महत्व गर्ने छ । यो नया नियमले उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न र लिथियम-आयन ब्याट्रीको कारण हुने आगलागी र अन्य दुर्घटनामा कमी ल्याउने लक्ष्य राखेको छ ।

नयाँ नियमहरूको लागू हुने: मिति १ फेब्रुअरी २०२६ देखि हो। त्यसपछि, सबै ई-बाइक र अन्य यस्ता उपकरणहरूले प्रमाणित परीक्षण र स्वीकृत प्रयोगशालामा प्रमाणन प्रक्रिया पास गर्नु अनिवार्य हुनेछ। यी मापदण्डहरूको उल्लंघन गरेमा ८२५,००० डलरसम्मको जरिवाना लाग्ने छ । यसले बजारमा उपलब्ध उपकरणहरूको सुरक्षा सुधारमा ठूलो मद्दत पुर्याउनेछ।

अष्ट्रेलियाका उपभोक्ताहरूलाईयस्ता उपकरण किन्दा प्रमाणित र सुरक्षित चिह्न भएको मात्र किन्न सल्लाह दिइएको छ जसले गर्दा उपभोक्तालाई यी उपकरणहरूको सही प्रयोग र सुरक्षा मापदण्डहरूको पालना सुनिश्चित गर्न मद्दत पुग्ने छ ।