
पोलेको मकैलाई नुन र हरियो खुर्सानीसँग मिसाएर खाने स्वाद कसलाई मन नपर्ला? स्वादका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि पोलेको मकै निकै उपयोगी मानिन्छ।
विशेषज्ञहरूका अनुसार मकै पाकेपछि यसको पोषणतत्व हराउने नभई अझै बढ्ने गर्छ। त्यसैले पोलेको मकैलाई पोषक तत्वले भरिपूर्ण आहारको रूपमा लिन सकिन्छ।
पोलेको मकैका स्वास्थ्य लाभ
– क्यारोटेनोइड र भिटामिन ‘ए’ को उत्कृष्ट स्रोत मानिन्छ।
– यसमा पाइने पर्याप्त मात्राको एन्टिअक्सिडेन्टले बढ्दो उमेरका असरलाई ढिलो पार्छ।
– एन्टिअक्सिडेन्टले क्यान्सरसँग लड्न मद्दत गर्छ।
– बच्चाहरूको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउँछ।
– कोलेस्ट्रोल नगन्य हुने भएकाले मुटु स्वस्थ राख्न मद्दत गर्छ।
– मकैको खोयाबाट बनेको धुवाँ सुँघ्दा रुघाखोकीमा फाइदा हुन्छ।
– मकै खाइसकेपछि खोया भाँचेर सुँघ्दा पनि खोकी निको हुने मान्यता छ।
– नियमित सेवनले दाँत बलियो बनाउन मद्दत गर्छ।
स्वादिष्ट मात्र नभई औषधीय गुणले भरिपूर्ण भएकाले पोलेको मकैलाई सजिलो र स्वास्थ्यवर्धक नाश्ताको रूपमा लिने चलन अझै बढ्दै गएको देखिन्छ।






