धादिङको पहिरो छल्न वैकल्पिक मार्ग कुन-कुन छन् ?

Advertisement

    काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड)मा खसेको सुक्खा पहिरो खसेकाले सडकमा सवारी साधनको लामो लाइन लागेको छ । यात्रुहरु र गाडीका स्टाफहरु अलपत्र परेका छन् ।

    पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने अधिकारीहरुले बताएका छन् । नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले पहिरो पन्छाउन आज दिनभर लाग्नसक्ने बताएका छन् ।

    यदि काठमाडौंबाट पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने नौबिसेबाट हेटौंडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन् । यो बाटो अलि साँघुरो र धेरै घुम्ति छ ।

    दोस्रो विकल्प धादिङको मलेखु (फुर्के खोला)नेरबाट छ । फुर्केखोला भन्ने ठाउँबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अथवा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ । यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।

    The current image has no alternative text. The file name is: pppp.jpg
    spot_img