असोज ०६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । मान सम्मान प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । साना व्यक्तिको सहयोगले ठूलो लाभ लिन सकिनेछ । नयाँ आयस्रोत फेला पर्नेछन् र जिम्मेवारी बढ्ने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन प्रगाढ बन्नेछ । पढाइमा सुधार आउनेछ । उद्योग तथा व्यापारमा लाभ हुनेछ । नयाँ व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वादिष्ट भोजनको आनन्द उठाउन पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको सदुपयोगबाट फाइदा हुनेछ । तर, आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका पाउने सम्भावना भएकाले होसियार रहनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुपालनमा त्यति फाइदा नहुने देखिए पनि व्यापारबाट राम्रो लाभ हुनेछ । आर्थिक अभावले सताउन सक्छ । व्यवसायमा उतार चढाव आउने संकेत छ । पेट वा छाती सम्बन्धी समस्या देखिन सक्छ । विद्यार्थीहरूका लागि भने समय अनुकूल छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीका बीचमा रोकिएका काम अघि बढाउन सकिनेछ । धैर्यपूर्वक काम गर्ने समय छ । बौद्धिक प्रभाव बढ्नेछ र अवसरहरू प्राप्त हुनेछन् । कुटुम्बको सहयोग पाइनेछ । व्यापार व्यवसाय विस्तार हुनेछ । कृषि कर्म तथा पशुपालनबाट पनि राम्रो फाइदा हुनेछ ।

कन्या
गरिएका कामबाट राम्रो लाभ प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । रोकिएका काम अघि बढ्नेछन् । बौद्धिक पक्ष सबल बन्नेछ र मान सम्मान पाइनेछ । आयस्रोतहरू बढ्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाको यात्रा गर्ने सम्भावना छ । धन र जन आर्जनका अवसर फेला पर्नेछन् । आम्दानीका नयाँ माध्यम प्राप्त हुनेछन् । रोजगारीमा अवरोध र प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्न सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छर छिमेकमा असमझदारी बढ्ने देखिए पनि समाधान हुनेछ । धेरै परिश्रमबाट थोरै मात्र लाभ मिल्नेछ । घर खर्च बढ्नेछ । पति पत्नी बीच असमझदारी र आय आर्जनको कमीका कारण वादविवाद हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयआर्जन बढ्नेछ र उठ्नुपर्ने रकम हात लाग्नेछ । तर, पेट सम्बन्धी समस्या देखिन सक्छ, सचेत रहनुहोस् । साथीभाइ वा परिवारजनबाट धोका पाउने सम्भावना छ, सावधान रहनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञान र सीप प्राप्त गर्ने अवसर मिल्नेछ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाज सेवा प्रति लगाव बढ्नेछ । कृषि तथा पशुपालनबाट लाभ हुनेछ । यात्रा उपलब्धिमूलक बन्नेछ । सन्तानबाट पनि सुख प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक क्षेत्रमा लाभ उठाउने अवसर मिल्नेछ । चिताएको काम बन्नेछ । कुटुम्ब वा आफन्तको सहयोगले फाइदा हुनेछ । नयाँ काम बन्नेछ र परिश्रमको उचित मूल्यांकन हुनेछ । तर, वैदेशिक रोजगारीमा केही समस्या देखिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागेपनि दिगो फाइदा दिने क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीको अध्ययन स्तर खस्कने सम्भावना छ । पारिवारिक समस्या देखा पर्न सक्छ । मित्रजनसँग मनमुटाव हुने सम्भावना छ । विश्वासमा पारेर धोका दिने परिस्थिति समेत आउन सक्छ ।

spot_img