२०८२ साल असोज ०२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

Advertisement

    मेष–
    धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ ।

    वृष–
    काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ ।

    मिथुन–
    काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला ।

    कर्कट–
    तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ ।

    सिंह–
    अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । । फलिफाब हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ ।

    कन्या–
    टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ । अचानक कमइ हुनेछ ।

    तुला–
    गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । नसोचेको ठाउमा खर्च हुन सक्छ ।

    वृश्चिक–
    अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ ।

    धनु–
    श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । पैसो कमाउने योग छ ।

    मकर–
    दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला।

    कुम्भ–
    बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नु पर्ला । वादविवादको सामना गर्नु पर्ला ।

    मीन–
    पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । जागिरको काममा डर हुनेछ ।

    -ज्यो.पं. तुलसी भारद्वाज

    spot_img