अष्ट्रेलियामा लाखौँ योग्य बच्चा अझै पनि सरकारीdental care बाट वञ्चित

Advertisement

सिड्नी, अष्ट्रेलिया ।

लाखौँ अष्ट्रेलियाली परिवार अझै पनि आफ्ना बच्चाहरूको dental care का लागि सरकारले उपलब्ध गराएको funding बाट वञ्चित भइरहेका छन्। तथ्यांक अनुसार करिब २.४ मिलियन बच्चा योग्य (eligible) भए पनि हालसम्म केवल ६ लाख परिवार ले मात्र सुविधा प्रयोग गरेका छन्।

दशक पुरानो योजना तर प्रयोग न्यून

यो योजना Child Dental Benefits Schedule नामले परिचित छ। यस अन्तर्गत दुई वर्षमा करिब ११३२ अमेरिकी डलर बराबरको dental services उपलब्ध हुन्छ। तर सुरु भएको दशक बितिसक्दा पनि यसको प्रयोग दर (uptake) अझै ४० प्रतिशत भन्दा माथि पुगेको छैन।

विशेषज्ञहरूको भनाइमा योजना उपयोग कम हुनुको कारण परिवारहरूले यसलाई access गर्न कठिन र confusing ठानेका हुन्। प्रक्रियागत जटिलताका कारण लाखौँ योग्य बच्चाहरू अझै उपचार सुविधाबाट वञ्चित छन्।

कसले पाउँछ लाभ?

यस अन्तर्गत लाभ लिन बच्चा १८ वर्षभन्दा कम उमेरको हुनुपर्छ। साथै परिवारले Family Tax Benefit A वा parenting payment जस्ता government payment प्राप्त गरिरहेको हुनुपर्छ। यी शर्त पूरा हुने परिवारलाई मात्र सुविधा प्राप्त हुन्छ।

के–के उपचार समावेश छन्?

यस scheme अन्तर्गत check-ups, X-rays, cleaning, fissure sealing, fillings, root canals, extractions जस्ता सामान्यदेखि मध्यम स्तरका dental उपचारहरू समावेश छन्। तर whitening वा braces भने यस योजनामा पर्दैन।

कसरी claim गर्ने?

परिवारहरूले आफ्नो eligibility MyGov मा check गर्न सक्नेछन्। साथै नजिकको dentist सँग सम्पर्क गरेर उनीहरू यस योजनामा सहभागी छन् वा छैनन् भन्ने कुरा confirm गर्न सकिन्छ।

प्रचारप्रसारको कमी

संबन्धित निकायले योजना अझ राम्रोसँग advertise हुन नसकेको स्वीकार गरेको छ। धेरै परिवारले जानकारी नपाएकै कारण लाभ लिन नसकेको देखिन्छ। तर अधिकारीहरूले funding अझै उपलब्ध रहेको र यो use-it-or-lose-it benefit भएकाले योग्य परिवारहरूले समयमै claim गर्न जरुरी रहेको चेतावनी दिएका छन्।

अष्ट्रेलियामा लाखौँ योग्य बच्चाहरू अझै पनि dental health सुधार्ने अवसरबाट वञ्चित छन्। सरकारले ल्याएको Child Dental Benefits Schedule ले दीर्घकालीन रूपमा बच्चाहरूको मुख स्वास्थ्यमा सुधार ल्याउने सम्भावना बोकेको भए पनि यसको प्रभावकारीता सुनिश्चित गर्न व्यापक प्रचार–प्रसार र सजिलो पहुँच आवश्यक देखिएको छ।

spot_img