TFTU ले NSW सरकारको $60 million Great Koala National Park योजना विरुद्ध कडा आपत्ति

spot_img

सिड्नी — Timbers, Furnishing and Textiles Union (TFTU) ले New South Wales (NSW) सरकारको $60 million को Great Koala National Park योजना विरुद्ध कडा आपत्ति जनाउँदै यो निर्णयले ग्रामीण समुदाय, श्रमिक र स्थानीय व्यवसायलाई गम्भीर असर पार्ने चेतावनी दिएको छ।

Minns government ले घोषणा गरेको यो योजना अनुसार, करिब 176,000 hectares state forest नयाँ पार्कको सीमाभित्र समावेश गरिनेछ। यसलाई पहिले नै अवस्थित national park हरूसँग जोडेर करिब 476,000-hectare reserve निर्माण गर्ने तयारी भएको हो। यो पार्कले 12,000 भन्दा बढी koalas को संरक्षण गर्ने लक्ष्य राखेको छ। प्रस्तावित पार्क North West Rocks देखि सुरु भई Grafton नजिकसम्म फैलिनेछ।

यस योजनाका लागि सरकारले हालै $60 million छुट्याएको छ, जुन 2023 मा यसअघि नै वचनबद्ध गरिएको $80 million बाहेक थप रकम हो।

Koalas संरक्षणमा ऐतिहासिक प्रयास

Premier Chris Minns ले यो पार्कलाई koalas लाई जोगाउने ऐतिहासिक प्रयासको रूपमा व्याख्या गर्दै भने:“NSW मा जंगली अवस्थामा koalas विलुप्त हुने खतरा गम्भीर रूपमा बढिरहेको छ, जुन अकल्पनीय अवस्था हो। Great Koala National Park त्यही अवस्थालाई बदल्ने प्रयास हो।”

NSW मा habitat loss, द्रुत शहरीकरण र पछिल्ला वर्षहरूमा आएका भीषण bushfire घटनाले koala सङ्ख्यामा ठुलो कमी आएको छ। सरकारी तथ्याङ्कअनुसार, 2050 सम्ममा NSW का जंगलमा koalas हरु पूर्ण रूपमा विलुप्त हुने जोखिम छ।

Timber industry मा गहिरो असन्तोष

सरकारको प्रस्तावसँगै temporary moratorium on timber harvesting घोषणा गरिएको छ, जसले ६ वटा timber mills र करिब ३०० श्रमिक प्रत्यक्ष प्रभावित गर्नेछ। यसलाई सम्बोधन गर्न सरकारले JobKeeper-style payment system ल्याउने योजना बनाएको छ, जसअन्तर्गत प्रभावित श्रमिकको तलब कभर गर्न र मानसिक स्वास्थ्य तथा वित्तीय सहायता निःशुल्क उपलब्ध गराइनेछ।

तर TFTU भने यसबारे कडा असन्तुष्ट छ। यूनियनकी प्रतिनिधि Alison Rudman ले भनिन्:“हाम्रो सरकारको प्राथमिकता यो ठुलो परिवर्तनको समयमा प्रभावित श्रमिकलाई भुक्तानी र सेवामार्फत पूर्ण सहयोग गर्नु हो। त्यसैले हामी प्रभावित हुने व्यवसायहरूलाई वित्तीय सहयोग उपलब्ध गराउँछौं, जसले उनीहरूलाई आफ्ना कर्मचारीको तलब तिर्न र खर्चहरू धान्न निरन्तरता दिन मद्दत गर्नेछ।”
उनले थपिन् कि करिब एक वर्षदेखि सरकारले प्रभावित पक्षहरूसँग वास्तविक छलफल नगरेको र यस निर्णयको असर व्यापक हुने बताइन्।

सरकारको बचाउ

NSW सरकारले भने आफूले प्रभावित श्रमिकलाई प्राथमिकतामा राखेको दाबी गरेको छ। Agriculture Minister Tara Moriarty ले भनिन्:

Conservation बनाम Community को बहस

यो योजना संरक्षणको दृष्टिले ऐतिहासिक कदम मानिएको छ। तर अर्कोतर्फ यसले timber industry मा आश्रित स्थानीय समुदाय र व्यवसायलाई ठूलो चुनौती खडा गरेको छ। धेरै विश्लेषकका अनुसार, Great Koala National Park ले एकातिर endangered species लाई जोगाउनेछ भने अर्कोतर्फ ग्रामीण अर्थतन्त्रलाई कमजोर पार्न सक्छ।

सरकारले तत्कालका लागि राहत र JobKeeper-style payments को व्यवस्था गरेको भए पनि दीर्घकालीन रोजगारी र आर्थिक अवसर सिर्जनाबारे प्रस्ट योजना नआएको यूनियनको आरोप छ।

Great Koala National Park लाई लिएर NSW मा दुई फरक धार प्रष्ट भएका छन् — एकातिर conservationists हरू यसलाई endangered koalas लाई जोगाउने ऐतिहासिक कदम भन्छन् भने अर्कोतर्फ श्रमिक र यूनियनहरूले यसले रोजगारी र समुदायको भविष्य नै संकटमा पार्ने तर्क गरिरहेका छन्।

अब Minns government ले wildlife conservation र regional jobs बीच सन्तुलन कसरी कायम गर्छ भन्ने प्रश्नले राजनीतिक र सामाजिक बहसलाई अझ तातो बनाएको छ।

spot_img